युक्रेनको क्रिभी रिहमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनको क्रिभी रिह सहरस्थित एक सपिङ सेन्टरमा गरेको ड्रोन आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार आक्रमणमा १३० जना घाइते भएका छन्, जसमा २३ जना बालबालिका छन्।

आक्रमणपछि भवनका भग्नावशेषमा केही मानिस पुरिएको आशंका गरिएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले आफ्नो गृहनगर क्रिभी रिहमा भएको आक्रमण दुई चरणमा गरिएको बताएका छन्। उनका अनुसार पहिलो आक्रमणपछि उद्धारकर्मीहरू घटनास्थलमा खटिएका बेला दोस्रो ड्रोन आक्रमण गरिएको थियो।

जेलेन्स्कीले घटनालाई ‘निन्दनीय र घृणित’ भन्दै कडा आलोचना गरेका छन्। पछिल्लो विवरणअनुसार मृतकको संख्या १६ पुगेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको