पाकेटमार र बलात्कारीलाई एउटै कारागारमा राखेर सजाय दिन मिल्दैन : सांसद कुँवर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवरले अपराधको प्रकृति फरक हुने भएकाले पाकेटमार र बलात्कारका अभियुक्तलाई एउटै कारागारमा राखेर सजाय दिन नहुने बताएकी छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रमाणित बलात्कारी तथा जघन्य महिला हिंसाका अपराधीलाई कडा कारबाहीको व्यवस्था गर्न माग गरिन्। अपराध गर्ने सोच नै जन्मिन नदिने गरी कानुनी सजायको डर बलियो बनाउनुपर्ने उनको भनाइ छ।

सम्बन्धित खवर