नेप्से १९ अंकले घट्यो

काठमाडौँ ।  आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से १९.१३ अंकले घटेर २,५९९.५८ अंकमा बन्द भएको हो।

कारोबार सुरु भएदेखि नै ओरालो लागेको बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। आज ३५० कम्पनीका ८५ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ।

कारोबारमा ४७ कम्पनीको सेयर मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ। सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १४.९९ प्रतिशत तथा धौलागिरी लघुवित्त वित्तीय संस्थाको ११.९८ प्रतिशतले बढेको छ।

सम्बन्धित खवर