काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ।
आज दिउँसो हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। तराईका बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा मधेस र कोशीका थोरै स्थानमा समेत वर्षा हुनसक्नेछ।
कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ भने मधेस र कोशीका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ।

