काभ्रे । रोशी गाउँपालिका–९, पिन्थलीबेँसी नजिकै लेदो माटो र गेग्रान खस्दा अवरुद्ध बनेको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ।
मङ्गलटारबाट करिब तीन किलोमिटर भकुन्डेतर्फ नार्के र पिन्थलीबेँसीबीचको निर्माणाधीन सडकखण्डमा खसेको लेदो डोजरको सहायताले हटाएपछि यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रविन विष्टले जानकारी दिए।
वर्षा जारी रहेमा थप स्थानमा सडक अवरुद्ध हुनसक्ने भन्दै प्रहरीले यात्रुलाई सतर्क रहन आग्रह गरेको छ।

