दशैं बजारमा भेडा–च्याङ्ग्राको चहलपहल, ढोरपाटनबाट तम्घास ल्याइयो

काठमाडौँ । दशैं नजिकिएसँगै गुल्मीको सदरमुकाम तम्घासमा भेडा तथा च्याङ्ग्राको बिक्री सुरु भएको छ। दशैंमा धार्मिक आस्था र भाकल पूरा गर्न भेडा खरिद गर्ने परम्पराका कारण हरेक वर्ष यस समयमा यिनको माग बढ्ने गर्दछ।

बागलुङको ढोरपाटनबाट व्यवसायीले यस वर्ष करिब एक सय वटा भेडा तथा च्याङ्ग्रा तम्घास ल्याएका छन्। दशैंको बजारलाई लक्षित गरेर ल्याइएका पशु बिक्रीका लागि राखिएको व्यवसायीले बताएका छन्।

असोज ४ गतेदेखि ढोरपाटनबाट भेडा–च्याङ्ग्रा लिएर हिँडेका व्यवसायीले तम्घासमा बिक्री गरिरहेका छन्। बजारमा च्याङ्ग्राको जिउँदो तौल प्रतिकिलो १ हजार २०० रुपैयाँ र भेडाको प्रतिकिलो १ हजार रुपैयाँमा कारोबार भइरहेको छ। पशुको आकारअनुसार मूल्य फरक पर्ने गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको