काठमाडौं । नेकपा (एमाले) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वडा र पालिका कमिटीका अधिवेशनको मिति तय गरेको छ।
पार्टीले मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय प्रचार प्रमुख निरज आचार्यले जानकारी दिए।
अधिवेशनमार्फत सङ्गठन सुदृढीकरण, नेतृत्व पुनर्गठन र जनप्रतिनिधि तथा पार्टी नेतृत्वको एकीकृत परिचालन गर्ने एमालेको लक्ष्य छ। पार्टीले घरदैलो अभियान र प्रत्यक्ष जनसंवादलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिएको छ।
यसैबीच, महँगी, बेरोजगारी, किसान, मजदुर, शिक्षा, स्वास्थ्य, महिला सुरक्षा र आवासलगायतका विषयलाई राजनीतिक कार्यसूचीमा समेट्नुपर्ने एमालेको धारणा छ।
तीन दिनदेखि जारी स्थायी कमिटीको बैठक आज पनि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

