नेपाल टेलिकमले ल्यायो दसैँ–तिहार अफर, वार्षिक इन्टरनेटमा १३ महिनाको सुविधा

काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वका अवसरमा ‘दसैँ–तिहार अफर, २०८३’ सार्वजनिक गरेको छ।

अफरअन्तर्गत नयाँ एफटीटीएच इन्टरनेट जडानमा ५०० रुपैयाँ छुट तथा १००, १५० र २०० एमबीपीएसका वार्षिक प्याकेजमा १२ महिनाको शुल्क तिरेर १३ महिनासम्म सेवा लिन सकिनेछ। भर्चुअल सेटअप बक्ससहितको प्याकेजमा एक हजार रुपैयाँ छुटसमेत उपलब्ध हुनेछ।

मोबाइल ग्राहकका लागि ४९९ रुपैयाँको ‘फेस्टिभल अनलिमिटेड’ र ६९९ रुपैयाँको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज ल्याइएको छ। यस्तै, २०० रुपैयाँमा एक हजार मिनेटको भ्वाइस प्याकेज र ९९ रुपैयाँमा एक हजार एसएमएसको प्याकेज उपलब्ध हुनेछ।

मोबाइल अफर असोज ३० देखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपबाट प्याकेज लिन सक्ने कम्पनीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको