प्रतिनिधिसभामा चार प्रस्ताव, राष्ट्रियसभामा विशेष सेवा विधेयक कार्यसूचीमा

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रियसभाको बैठक बिहान १०ः१५ बजे बस्नेछ।

प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल कानुन आयोगसम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्नेछिन्। उनले मेलमिलापसम्बन्धी संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्ने कार्यसूची छ।

बैठकमा समुद्री जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता पनि पेस गरिनेछ। बालश्रमसम्बन्धी विधेयकलाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गर्नेछन्।

राष्ट्रियसभामा भने प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल विशेष सेवा ऐनको साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकलाई समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको