काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार ५.३० अंकले घटेको छ। गिरावटसँगै नेप्से २,५९४.२७ विन्दुमा बन्द भएको छ।
योसँगै नेप्से लगातार तेस्रो कारोबार दिन घटेको हो। सोमबार १९.१३ अंकले घटेको नेप्से २,५९९.५८ विन्दुमा बन्द भएको थियो।
मंगलबार ३५७ कम्पनीका सेयर ४६ हजार ५५८ पटक कारोबार भए। कुल कारोबार रकम ४ अर्ब १० करोड ५५ लाख २१ हजार १०७ रुपैयाँ पुगेको छ।
यसदिन १८७ कम्पनीको सेयर मूल्य घट्दा ७८ कम्पनीको बढेको छ भने १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

