लुम्बिनीमा नयाँ तीन मन्त्री नियुक्त, जिम्मेवारीसमेत हेरफेर

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा तीन जना नयाँ मन्त्री थपिएका छन्। मंगलबार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

दीपेन्द्रकुमार पुनले स्वास्थ्य, इन्द्रजित थारुले आर्थिक मामिला तथा योजना र कृष्णा कुश्मा थारुले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मन्त्रिपरिषद् पुनर्गठनसँगै यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा सोमबार संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको