काठमाडौँ । नेपाल–चीन सीमावर्ती क्षेत्रमा बाढीपहिरोका कारण मानिसहरू बेपत्ता भएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
ग्लोबल टाइम्सका अनुसार सीले बेपत्ता मानिसहरूको खोजी तथा उद्धारका लागि उपलब्ध सबै क्षमता प्रयोग गर्न निर्देशन दिएका हुन्।
बाढीपहिरोले दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ नाका प्रभावित भएको छ। सीमा क्षेत्रमा रहेको चिनियाँ बन्दरगाहमा समेत ठूलो क्षति पुगेको बताइएको छ।

