रसुवा बाढीपीडितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगद सहयोगका रूपमा उपलब्ध गराएको हो।

प्रभावित क्षेत्रमा राहत, खोज, उद्धार र पुनर्स्थापनाका कामलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने सरकारको प्रयासअन्तर्गत कोषमा सहयोग रकम संकलन भइरहेको छ। यही क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ हस्तान्तरण गरेको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको