बाढीपहिरो प्रभावित केरुङ पुगे चिनियाँ प्रधानमन्त्री लि छियाङ

काठमाडौं । चीनका प्रधानमन्त्री लि छियाङले बाढीपहिरोबाट प्रभावित तिब्बतको केरुङ क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। नेपाल–चीन सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोपछि प्रधानमन्त्री लि बिहीबार ग्याइरोङ पुगेका हुन्।

राष्ट्रपति सी चिनफिङपछि चीनको नेतृत्वमा दोस्रो वरिष्ठ स्थानमा रहेका लिले प्रभावित क्षेत्रको अवस्था र विपद्पछिको उद्धार तथा राहत कार्यबारे जानकारी लिएका छन्।

केरुङ नाकामा भने पहिलो चिनियाँ आपत्कालीन उद्धार टोली बिहीबार मात्रै पुग्न सफल भएको छ। सडकमा पहिरो गएर यातायात अवरुद्ध हुनुका साथै प्रतिकूल मौसमका कारण उद्धार टोली विपद् आएको करिब २२ घण्टापछि मात्र प्रभावित क्षेत्रको मुख्य भागमा पुगेको जनाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको