३६ घण्टामा उद्धार कोषमा १ अर्ब ९१ करोडभन्दा बढी जम्मा

काठमाडौं । भोटेकोशी बाढीपीडितका लागि सरकारले सहयोग आह्वान गरेपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार मध्यरातसम्म १० वटा वाणिज्य बैंकका खातामा गरी एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ संकलन भएको हो।

भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो क्षति भएपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै राहत तथा उद्धारका लागि सहयोगको अपिल गरेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको