भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ बेपत्ता

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको छ भने ९७७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

शुक्रबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार सबैभन्दा धेरै नवलपरासी पूर्वमा १३४ र चितवनमा १२१ जनाको शव फेला परेको छ। यस्तै गोरखामा ४६, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव भेटिएको छ।

सम्पर्कविहीनमध्ये ५१७ जना विदेशी नागरिक छन्। त्यस्तै रसुवाका १६१, मकवानपुरका ६६ र नुवाकोटका एक जना तथा विभिन्न सुरक्षा निकाय र सरकारी कार्यालयका कर्मचारीसमेत बेपत्ता छन्। नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ नेपाली पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

बाढीमा परी ७३ जना घाइते भएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको