भोटेकोसी बाढीका ९३ शव पोखरामा, पहिचान प्रक्रिया सुरु

पोखरा । भोटेकोसी बाढीमा ज्यान गुमाएकामध्ये ९३ जनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएर पहिचान तथा परीक्षण सुरु गरिएको छ।

नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट १४ र गोरखाबाट ११ शव पोखरा ल्याइएको हो। थप नौ शव मणिपाल शिक्षण अस्पतालमा राखिएका छन्।

आफन्तलाई स्क्रिनमा शवका तस्बिर देखाएर पहिचान गराउने व्यवस्था गरिएको छ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणका लागि नमुना काठमाडौं पठाइने प्रहरीले जनाएको छ।

शवको संख्या धेरै भएकाले पहिचान गरी आफन्तलाई बुझाउन केही दिन लाग्न सक्ने प्रशासनले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको