भोटेकोशी बाढीका घाइतेको उपचारमा महानगरको साथ, केयरटेकरको व्यवस्था गरिने

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट उद्धार गरी काठमाडौं ल्याइएका परिवारका सदस्य साथमा नभएका घाइतेका लागि काठमाडौं महानगरपालिकाले केयरटेकरको व्यवस्था गर्ने भएको छ।

बाढीबाट घाइते भई काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत बिरामीलाई भेट्न पुगेकी काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले परिवारका सदस्य साथमा नभएका बिरामीको निरन्तर हेरचाहका लागि महानगरले केयरटेकर खटाउने बताएकी हुन्।

अस्पतालमा रहेका केही बिरामीका आफन्त कोही पनि साथमा नरहेको अवस्थामा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले नै परिवारको भूमिकामा रहेर हेरचाह गरिरहेको डंगोलले बताइन्।

स्वास्थ्यकर्मीहरूले देखाएको मानवीय सेवाको प्रशंसा गर्दै उनले चिकित्सकसँगको परामर्श र बिरामीको अवस्थाबारे जानकारी लिने क्रममा केही घाइतेलाई निरन्तर साथ तथा दैनिक हेरचाह आवश्यक देखिएको बताइन्।

त्यसैले परिवारका सदस्य साथमा नभएका बिरामीको उपचार तथा दैनिक हेरचाहमा सहयोग पुर्‍याउन महानगरपालिकाले आवश्यक केयरटेकरको व्यवस्था गर्न लागेको डंगोलको भनाइ छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको