काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या ७५२ पुगेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार दिउँसो १ बजेसम्म बाढीपछि बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला परेको हो ।
प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ ।
बाढीपछि अझै २ हजार ५०२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

