भोटेकोशी बाढीपीडितका लागि नेपाल लाइफको २ करोड ५१ लाख सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

नेपाल लाइफले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो । सहयोग रकमको चेक कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, पूर्वअध्यक्ष गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।

कम्पनीले विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल लाइफले आगामी दिनमा पनि विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको