धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६, बैरेनीमा माटोले पुरिएको अवस्थामा पैसा राख्ने लकर फेला परेको छ ।
भाद्र १३ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट खटिएको ९ सदस्यीय टोलीले लकर फेला पारेको हो । सशस्त्र प्रहरी नायव उपरीक्षक अपार प्याकुरेलको नेतृत्वमा खटिएको टोलीले बेसबाट करिब ६ किलोमिटर पूर्वतर्फ उक्त लकर फेला पारेको जनाएको छ ।
लकरलाई स्थानीय जनप्रतिनिधि र भद्रभलाद्मीको रोहबरमा नेपाल प्रहरीको जिम्मा लगाइएको छ ।
लकर कहाँबाट बगेर आएको हो र त्यसमा रकम वा अन्य के–कस्ता सामग्री छन् भन्ने यकिन हुन बाँकी छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

