भक्तपुर । भक्तपुरमा रसुवाको बाढी तथा विपद्पछिको उद्धार र राहतबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नेपाल प्रेस सोसाइटी, भक्तपुर नागरिक समाजलगायत संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा विपद् व्यवस्थापन, पूर्वतयारी, उद्धार, राहत तथा विपद्पछिका चुनौतीबारे विज्ञ तथा स्थानीय बुद्धिजीवीले धारणा राखेका थिए।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति रामेश्वर थापाले प्रभावित क्षेत्रमा रगतको अभाव हुन नदिन रेडक्रस निरन्तर खटिरहेको जानकारी दिए। साथै उद्धार, शव व्यवस्थापन तथा राहत सामग्रीका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए।

