सुरुङमा मानिस फसेको आशंका गलत सावित, सेनाको टोली फर्कियो

रसुवा । भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिसहरू फसेको आशंकामा गरिएको खोजीमा कोही पनि नभेटिएपछि नेपाली सेनाको टोली फर्किएको छ।

सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित सुरुङको भित्री भागमा खोजी गरिएको थियो। उद्धार टोली सुरुङको अन्तिम बिन्दुसम्म पुगेर ड्रोन उडाउँदै सम्भावित स्थानहरूमा निरीक्षण गरेको थियो।

खोजीका क्रममा कुनै मानवीय उपस्थिति नदेखिएपछि सुरुङभित्र मानिस नरहेको निष्कर्षसहित अभियान समाप्त गरिएको सेनाले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको