काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्।
उनले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ जम्मा गर्दै राष्ट्रिय विपत्तिको समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वान गरेका छन्। भट्टराईले सामाजिक सञ्जालमार्फत आफूले सहयोग गरेको जानकारी दिएका हुन्।
भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि विभिन्न व्यक्ति, संस्था र निकायबाट सहयोग जुट्ने क्रम जारी छ।

