रसुवाको बाढी संकटमा प्रधानमन्त्री सक्रिय, सुरक्षा प्रमुखसँग छलफल

काठमाडाैं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न संकट समाधानका लागि प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल थालेका छन्।

सोमबार बिहान प्रधानमन्त्रीले प्रधान सेनापति अशोकराज सिग्देलसँग खोजी तथा उद्धार, राहत र व्यवस्थापनका विषयमा ब्रिफिङ लिएका हुन्।

त्यसलगत्तै उनले सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्रीले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग समेत ब्रिफिङ लिनेछन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको