नेपालको दुःखमा चीनको साथ, बाढीपीडितका लागि थप सहयोग घोषणा

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै विपद्को समयमा नेपालसँगै रहेको सन्देश दिएको छ।

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङको सन्देश सुनाएका हुन्। उनीहरूले बाढीमा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाललाई यो दुःखमा एक्लै नरहेको बताएका छन्।

चिनियाँ राजदूतले विपद्पछिको उद्धार, राहत तथा व्यवस्थापनमा चीन सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता पनि व्यक्त गरे।

भेटका क्रममा चीन सरकारका तर्फबाट प्रधानमन्त्री राहत कोषका लागि २० लाख अमेरिकी डलर अर्थात् करिब ३० करोड रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिएको छ। साथै, चिनियाँ रेडक्रसको तर्फबाट २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ बराबरको नगद सहयोगसमेत प्रदान गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको