राप्ती खोलाले बगाउँदा ७० वर्षीय वृद्धको मृत्यु

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, बस्तीपुरमा राप्ती खोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–४, मसिनेका ७० वर्षीय बलबहादुर रुम्बा रहेका छन्। उनलाई आज बिहान करिब सवा ७ बजे राप्ती खोलाले बगाएको प्रहरीले जनाएको छ।

घटनाको सूचना पाएलगत्तै नेवारपानीबाट प्रहरी टोली खोजतलासका लागि परिचालन भएको थियो। खोजीका क्रममा बस्तीपुर पुलबाट करिब ५०० मिटर तल राप्ती खोलामा रुम्बाको शव फेला परेको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको