बाढीपीडितका लागि सभामुख अर्यालले दिने भए एक महिनाको तलब

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले हालैको भीषण बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने भएका छन्।

सभामुख अर्यालले विपद् प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापना अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरेको प्रमुख स्वकीय सचिव मुना कुवरले बताइन्।

उता, संघीय संसद् सचिवालय र सभामुखको सचिवालयमा कार्यरत कर्मचारीहरूको पारिश्रमिकबाट पनि सरकारको निर्णयबमोजिम रकम कट्टा गरी सोही कोषमा जम्मा गरिने भएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको