नेप्सेमा ९ अंकको सुधार, कारोबार रकम २ अर्ब ९० करोड

काठमाडौं । ६ कारोबार दिनपछि मंगलबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक ९.२४ अंकले बढेर २,५२२.६६ विन्दुमा पुगेको हो।

यसदिन ३४१ धितोपत्रका ७६ लाख १३ हजार ६८१ कित्ता सेयर कारोबार भएका छन् भने कुल कारोबार रकम २ अर्ब ९० करोड रुपैयाँ रहेको छ। बजारमा १८१ कम्पनीको मूल्य बढेको, ८४ कम्पनीको घटेको र १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य ७.१५ प्रतिशतले बढेर मंगलबार सबैभन्दा धेरै वृद्धि हुने कम्पनी बनेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको