बाढीपीडितको राहतका लागि एमएडब्लु ग्रुपले दियो १ करोड ११ लाख

काठमाडौं । देशका विभिन्न जिल्लामा आएको फ्ल्यास फ्लडबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एमएडब्लु ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी र चितवनलगायतका जिल्लामा फ्ल्यास फ्लडका कारण जनजीवन प्रभावित भएको अवस्थामा ग्रुपले सहयोग घोषणा गरेको हो।

ग्रुपका अनुसार पुनःस्थापना तथा पुनर्निर्माणको प्रक्रियामा अघि बढिरहेको नेपाल र नेपाली नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उक्त रकम प्रदान गरिएको हो। प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमार्फत आफ्नो योगदानले पीडित परिवारलाई केही राहत मिल्ने ग्रुपले विश्वास लिएको छ।

अध्यक्ष विष्णुकुमार अग्रवालले कठिन परिस्थितिमा एमएडब्लु ग्रुप राष्ट्र र नेपाली जनताको साथमा सधैँ उभिँदै आएको बताए। पीडाको क्षतिपूर्ति कुनै सहयोगले गर्न नसके पनि प्रभावित परिवारलाई कठिन समय पार गर्न सहयोग पुग्ने उनको भनाइ छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको