भोटेकोशी बाढीको क्षतिबारे आज संसद्मा विशेष प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार तथा देवीघाटसहित धादिङ, चितवन र गोरखाका नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको थियो।

विशेष प्रस्तावमा मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारप्रति समवेदना, बेपत्ताको खोजी तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिनेछ।

सम्बन्धित खवर