उद्धारमा ढिलाइ हुनु सरकारको अहंकारको परिणाम : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विपद्को समयमा सरकारको उद्धार तथा राहत व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै सरकारी उपस्थिति निराशाजनक र चिन्ताजनक देखिएको बताएका हुन्।

उनका अनुसार सरकारको सक्रियता सामाजिक सञ्जालमा सूचना र पोस्ट सार्वजनिक गर्नमै सीमित भएको छ भने विपद्को वास्तविक क्षेत्रमा उद्धार र राहतको अवस्था कमजोर छ। विशेषगरी सुरुङ र कठिन भूभागमा फसेका नागरिकलाई उद्धार गर्न बाह्य विशेषज्ञको सहयोग लिन ढिलाइ गरिएको भन्दै पौडेलले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाए।

‘एक्लै सबै गर्छु’ भन्ने सोचका कारण आवश्यक विज्ञको सहयोग समयमै लिन नसक्दा उद्धारमा गम्भीर ढिलाइ भएको उनको टिप्पणी छ। प्रधानमन्त्रीले पछि आएर उद्धारमा कमजोरी स्वीकार गर्दै विदेशी विज्ञसँग समन्वय भइरहेको बताउनु प्रारम्भिक चरणमा सरकारको तयारी कमजोर रहेको प्रमाण भएको पौडेलले उल्लेख गरे।

सम्बन्धित खवर