बाढी विपद् र १५औँ महाधिवेशनबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। बैठक २० भदौमा बस्ने तय भएको पार्टीले जनाएको छ।

बैठकमा रसुवा–भोटेकोशी क्षेत्रमा बाढीका कारण उत्पन्न विपद्को अवस्था र त्यससम्बन्धी विषयमा छलफल हुने भएको छ। यसका साथै पार्टीको १५औँ महाधिवेशनको तयारी तथा सम्बन्धित विषयमा पनि छलफल हुने जनाइएको छ।

कांग्रेसले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिएको छ।

सम्बन्धित खवर