धबार नेप्से १५ अंकभन्दा बढीले बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। बुधबार नेप्से १५.४४ अंकले बढेर २,५३८.११ विन्दुमा पुगेको हो।

आज ७२ लाख ५८ हजार कित्ता सेयर ३९ हजार ५३१ पटक किनबेच भएका छन्। यस क्रममा लगानीकर्ताले कुल २ अर्ब ९३ करोड ६५ लाख ६० हजार १६७ रुपैयाँ बराबरको कारोबार गरेका छन्। मंगलबार २ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

बुधबार कारोबारमा आएका ३५४ कम्पनीमध्ये १८७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। ८१ कम्पनीको मूल्य घट्दा १० कम्पनीको मूल्य भने स्थिर रह्यो।

यसदिन अप्पर लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता सबैभन्दा बढी नाफामा रहे।

सम्बन्धित खवर