नेपालको बाढीपहिरोप्रति अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजद्वारा दुःख व्यक्त

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री Anthony Albaneseले नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल र प्रभावित समुदायलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

सोमबार (भदौ २२) नेपालले राष्ट्रिय शोक दिवस मनाइरहेका बेला अस्ट्रेलियाली संसद्मा सम्बोधन गर्दै अल्बानिजले ‘नेपाली मित्रहरू’ले यो दुःख एक्लै बोक्न नपर्ने बताएका छन्। उनले दुःखको यस घडीमा अस्ट्रेलिया नेपाली जनताको साथमा रहेको सन्देश दिएका छन्।

राष्ट्रिय शोक दिवसका अवसरमा अस्ट्रेलियामा रहेका नेपाली, तिब्बती तथा भारतीय समुदायसँग गभर्नरलगायत अधिकारीहरूले भेटघाट गरी सहानुभूति व्यक्त गरेका छन्। अल्बानिजले अस्ट्रेलियाली नागरिकले देखाएको करुणा र उदारताको प्रशंसा गर्दै आपत्कालीन सहायता कोषमा सहयोग गर्न तथा प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउन अपिल गरेका छन्।

उनले प्राकृतिक विपद्मा परी ३६ जना अस्ट्रेलियाली नागरिक अझै बेपत्ता रहेको जानकारीसमेत दिएका छन्। यसअघि शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै उनले नेपालको त्रासदीप्रति समवेदना व्यक्त गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको