राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोट र रसुवाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

बाढीबाट भएको क्षति तथा पछिल्लो अवस्थाबारे जानकारी लिन नुवाकोट पुगेका राष्ट्रपति पौडेलले विदुरस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सरोकारवालासँग छलफल गरेका थिए।

सो क्रममा उनलाई बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनरुत्थानका प्रयासबारे ब्रिफिङ गरिएको थियो।

नुवाकोटको अवलोकन तथा अवस्थाबारे जानकारी लिएपछि राष्ट्रपति पौडेल रसुवातर्फ प्रस्थान गरेका छन्। बाढीबाट रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेपछि राष्ट्रपति पौडेलले स्थलगत रूपमै पुगेर अवस्थाबारे चासो लिएका हुन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको