काठमाडौँ । कानुनमन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरलाई स्मरणसँगै नयाँ संकल्प गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छिन्।
उनले सामाजिक सञ्जालमार्फत गत वर्ष आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको स्मरण गर्दै भविष्यमा त्यस्तै दुःखद् अवस्था सिर्जना हुन नदिन सबैले प्रतिबद्धता जनाउनुपर्ने उल्लेख गरेकी हुन्।
गत वर्ष भदौ २३ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ युवाले ज्यान गुमाएका थिए। त्यसपछि भोलिपल्ट आन्दोलन थप उग्र बन्दै देशभर फैलिएको थियो।
मन्त्री गौतमले शहीद युवाहरूको स्मृतिलाई न्यायपूर्ण र सुरक्षित भविष्य निर्माणको संकल्पसँग जोड्नुपर्ने बताएकी छिन्।

