काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको इतिहासलाई तोडमोड गर्ने प्रयास नगर्न पुराना राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
काठमाडौंमा आयोजित जेनजी सहिद दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना दल तथा नेताहरूले अझै पनि आन्दोलनलाई अपमानजनक ढंगले व्याख्या गरिरहेको भन्दै त्यसबाट सुध्रिन चेतावनी दिए।
गुरुङले आन्दोलनको दिन इतिहासबाट मेट्न वा परिवर्तन गर्न नसकिने बताए। उनका अनुसार जेनजी आन्दोलनलाई अपमान गर्नु देशका तीन करोड नागरिकको भावनाको अपमान गर्नु हो।
उनले युवाहरू सत्ता वा शक्तिको लोभमा नभई सुशासनका लागि एकजुट भएको दाबी गर्दै शान्तिपूर्ण आन्दोलनमा दमन र गोली प्रहार गरिएको बताए।

