‘एमालेको ध्यान जनताभन्दा सीडीओ सरुवामा गयो’ : ज्ञवाली

काठमाडौँ । एमाले नेता प्रदीप ज्ञवालीले पार्टीको कार्यशैली जनतामुखी हुन नसक्दा संगठन कमजोर भएको बताएका छन्।

मधेस प्रदेशमा आयोजित ‘मिसन जागरण अभियान’को अभिमुखीकरण कार्यक्रममा उनले एमालेले गर्नुपर्ने जनपरिचालन छाडेर सरकारी अधिकारीको सरुवा–बढुवामा ध्यान केन्द्रित गरेको बताए।

उनका अनुसार पार्टी नेतृत्वमा सरकारी र राजर्षी शैली हाबी हुँदा नेता–कार्यकर्ता जनताबाट टाढिँदै गए। अब भने उक्त कार्यशैली तत्काल सुधार गर्नुपर्नेमा उनले जोड दिए।

ज्ञवालीले फागुनको निर्वाचनमा आएको कमजोर परिणामका पछाडि पार्टीभित्रको गुट तथा उपगुट, पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता विवाद र निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न नसक्नु पनि जिम्मेवार रहेको बताए।

उनले एमालेले जनताका समस्या र मुद्दासँग सम्बन्ध पुनः स्थापित नगरे पार्टी अझ कमजोर बन्न सक्ने संकेत गरे।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको