काठमाडौँ । आजको कारोबारमा नेप्से परिसूचक २७.९४ अंकले उकालो लाग्दै २,५५९ अंकमा कायम भएको छ। परिसूचक १.१० प्रतिशतले बढेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
आज कुल ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको थियो।
बजारमा २३७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको घटेको र ९ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन। आज बैंकिङदेखि व्यापारसम्म सबै समूहगत सूचक बढेका छन्।
समूहगत रूपमा जलविद्युत् १.८३ प्रतिशत र निर्जीवन बीमा १.७२ प्रतिशतले बढ्दा लगानी १.५८, व्यापार १.४० तथा विकास बैंक १.०५ प्रतिशतले उकालो लागेका छन्।
कम्पनीगत रूपमा उपकार लघुवित्त र अभियान लघुवित्तको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ भने मल्टिपर्पस फाइनान्स, इमर्जिङ नेपाल र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य घटेको छ।

