काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेश सरकार निर्माणका क्रममा नेकपा एमालेले राप्रपाका सांसद खरिद गरेको आरोप लगाएका छन्।
राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै उनले राजनीतिक परिवर्तन र विद्रोहपछि पनि सांसद किनबेचको प्रवृत्ति दोहोरिनु दुर्भाग्यपूर्ण भएको बताए। उनले एमालेले विगतका राजनीतिक विकृति सच्याउन नसकेको आरोपसमेत लगाए।
साथै, आफ्नै पार्टीका सांसदहरूलाई लक्षित गर्दै लिङ्देनले पार्टीको निर्णयविपरीत अन्य दलसँग मिल्ने वा जाने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। पार्टीबाट निर्वाचित सांसदले व्यक्तिगत निर्णय गर्न नमिल्ने उनको भनाइ छ।

