काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे स्थानीय तहका प्रमुखहरूसँग छलफल गरेका छन्।
सिंहदरबारमा जारी छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका प्रमुखहरूको सहभागिता रहेको छ। बैठकमा बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था, उद्धार तथा राहतका प्रयास र आगामी पुनःस्थापनाका कामबारे केन्द्रित भएर छलफल भइरहेको छ। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत सहभागी भएका छन्।

