काठमाडौं । नेकपा एमालेले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण तथा सहज आपूर्ति व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जारी गरेको प्रेस नोटमा जनतालाई राहत दिनुको सट्टा सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न विषयान्तरको राजनीति गरिरहेको आरोप लगाइएको छ।
आचार्यले ग्यासको सहज आपूर्ति र कालोबजारी नियन्त्रणमा समेत सरकार असफल भएको दाबी गर्दै एमालेविरुद्ध सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने र साइबर बुलिङ गर्ने गतिविधि भइरहेको आरोप लगाएका छन्।

