काठमाडौँ । मन्त्री महावीर पुनले विपद् उद्धार तथा व्यवस्थापनमा प्रयोग हुने भारी क्षमताका ड्रोन नेपालमै उत्पादन गर्ने तयारी भइरहेको बताएका छन्।
उनका अनुसार एआई र भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्नुका साथै विपद्को अवस्था र पूर्वानुमानलाई रियल टाइममा निगरानी गर्न ‘सिचुएसन रुम’ निर्माण गर्ने विषयमा समेत काम भइरहेको छ।

