कर्णालीका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–बुडेली निवासी कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीको निधन भएको छ।

पारिवारिक स्रोतका अनुसार बुधबार बेलुका कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा हृदयाघातका कारण शाहीको निधन भएको हो।

शाहीले २०३६ सालको जनमतसंग्रहमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय प्रजातन्त्रको पक्षमा जनजागरण अभियानमा अग्रणी भूमिका निर्वाह गरेका थिए।

उनी २०७४ सालमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका शाही कांग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत भएका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको