काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ३ हजार ६०० रुपैयाँले बढेर ३ लाख ३ हजार १०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १५० रुपैयाँले बढेर ४ हजार ७७५ रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५०० र चाँदी ४ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।

