काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतका लागि नाम सिफारिस गरेको हो। सिफारिस भएका नाम अब संसदीय सुनुवाइका लागि पठाइनेछ।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित राजदूतको नाम सम्बन्धित मुलुकबाट अग्रिमो (सहमति) लिन पठाइनेछ। अग्रिमो प्राप्त भएपछि राष्ट्रपतिले उनीहरूलाई सम्बन्धित देशका लागि राजदूत नियुक्त गर्नेछन्।
प्रस्तावित राजदूतहरू:
१. डा. निश्चलनाथ पाण्डे: भारत
२. डा. कल्याणराज शर्मा: चीन
३. चिरनजंग थापा: अमेरिका
४. पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा: बेलायत
५. जिग्यानकुमार थापा: जापान
६. सुरेशकुमार कर्ण: इजरायल
७. प्राप्ति शेरचन: स्पेन
८. शरू जोशी: जर्मनी
९. डा. पद्माक्षी राणा: ओमान
१०. चूडामणि खरेल: मलेसिया
११. प्रा.डा. सङ्गम श्रेष्ठ: दक्षिण कोरिया
१२. डा. मञ्चला झा: श्रीलंका
१३. गिरीबहादुर सुनार: साउदी अरब

