काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले बढेर ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ४ हजार ७ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

