रास्वपा सांसद अमरेश सिंहले मेची–महाकाली पदयात्रा गर्ने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश सिंहले छठ पर्वको भोलिपल्ट जनकपुरधामबाट मेची–महाकाली पदयात्रा गर्ने घोषणा गरेका छन्।

आइतबार बिहान जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सिंहले मधेशलाई थप बुझ्न तथा देशका विभिन्न समुदायलाई जोड्ने उद्देश्यले पदयात्रा गर्न लागेको बताए।

उनका अनुसार सीताको जन्मभूमि जनकपुरधाममा छठ पर्वको पारनका दिन गंगासागरमा अर्घ्य दिएपछि पदयात्रा सुरु गरिनेछ।

‘मेरो पदयात्राको थिम समाज जोड्नुपर्छ भन्ने हो। राजनीति भनेको समाज जोड्नका लागि हो, देशको समृद्धिका लागि हो,’ सिंहले भने, ‘अबको एकताको बाटो हुनुपर्छ।’

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको