काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामलाई पार्टीको कमजोरी पहिचान गर्ने र आगामी दिशा तय गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले बैठक केवल निर्वाचन समीक्षा गर्ने थलो नभई पार्टीको अवस्था र भावी कार्यदिशाबारे गम्भीर आत्मसमीक्षा गर्ने अवसर भएको बताए। उनले जनतासँगको सम्बन्ध अझ बलियो बनाउँदै संगठनलाई सुदृढ गर्नुपर्नेमा जोड दिँदै एमाले कमजोर भए पनि यसको आधार समाप्त नभएको बताएका छन्।

